एमक्यूबद्वारा बीवाइडीसँगको सहकार्यमा ‘काठमाडौं क्रोनिकल्स’ को घोषणा

काठमाडौं । एमक्यूब नेपालले बीवाइडीसँगको सहकार्यमा ‘काठमाडौं क्रोनिकल्स’ अभियानको घोषणा गरेको छ । संस्थाले नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित उक्त कार्यक्रम घोषणा गरेको हो ।

काठमाडौं क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो। एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइएको यो कार्यक्रमले नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको छ ।

यो कार्यक्रम म्यारियटका एमआइसीई (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन)० पार्टनर र सरोकारवालाहरूका लागि विशेष रूपमा तयार पारिएको हो।

यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ।

काठमाडौं क्रोनिकल्सको मूल आकर्षण भनेको उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने ‘ट्रेजर हन्ट’ हो।

सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा लगिने छ, जहाँ उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन्।

कार्यक्रम म्यारियट काठमाडौंबाट सुरू भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ, जहाँ विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्टस’को उपाधि समेत प्रदान गरिने छ।


Back_to_top