होन्डाको कार किन्दा ४ लाख छुट, साथै यी ७ सुविधा पाइने

काठमाडौं । होन्डाले ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ अफर सार्वजनिक गरेको छ ।

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले दशैंको अवसरमा ‘यो दशैं बेस्ट भ्यालु रोज्नुहोस्’ नाराका साथ उक्त स्कीम ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । जसमा ग्राहकले होन्डाका कुनै पनि नयाँ कार खरिदमा ४ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।

साथै, ५ वर्षसम्म निःशुल्क सर्भिसिङ, १ वर्षको फुल इन्स्योरेन्स र १ वर्षको सडक कर निःशुल्क पाउने छन् । त्यस्तै, पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकले २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एकपटकका लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पाउने छन् ।

कम्पनीका अनुसार यो अफर होन्डाका लोकप्रिय मोडेलहरू होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज र सिटी फिफ्थ जेनेरेसन लगायत गाडीहरूमा उपलब्ध हुनेछ।

यो अफर भदौ ७ गतेदेखि आगामी कात्तिक १४ गतेसम्म देशभरका होन्डा शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top