काठमाडौं । चिनियाँ बजारमा एसएआईसी ग्रुपको एमजीको नयाँ क्रसओभर ईएस ५ एसयूभी बिक्री सुरू भएको छ । एमजीले ईएस ५ को सुरूआती मूल्य (डिस्काउण्ट र सब्सिडीपछि) १३ हजार ९५० डलर तोकेर बिक्री सुरू गरेको हो ।
यसको छुटअघिको सुरूआती मूल्य १६ हजार ३०० देखि २० हजार ५०० अमेरिकी डलरसम्म छ । जसमा चिनियाँ ग्राहकले कम्पनीको तर्फबाट १४०० डलर र सरकारी सब्सिडीमा २८०० डलरको छुुट पाउनेछन् ।
एमजीले चिनियाँ बजारमा एकदमै प्रतिस्पर्धी मूल्यमा लन्च गरेको ईएस ५ ईभी सानो ब्याट्री अप्सनमा प्रो र प्लस, ठूलो ब्याट्रीमा प्रो, प्लस र म्याक्स गरी ३ भेरियन्टमा लन्च गरेको छ ।
पछिल्लो समय चिनियाँ बजारमा एमजीको बिक्री सुस्त छ । एमजीले ईएस ५ को लन्चपछि भने बिक्रीमा सुधार आउने कम्पनीको अपेक्षा छ ।

ईएस ५ एसयूभीमा १२५ किलोवाटको मोटर तथा ४९.१ र ६२.२ किलोवाट आवरको ब्याट्रीप्याकको अप्सन रहेको छ ।
कम्पनीले सन् २०२४ को ९ महिना (जनवरी-सेप्टेम्बर)मा ५६ हजार ५११ युनिट ईभी बिक्री गरेको छ । यो संख्या सन् २०२३ को तुलनामा २०.२ प्रतिशत र सन् २०२२ कोभन्दा ८१.३ प्रतिशतले कम हो ।
एमजीको ईएस५ कम्प्याक्ट एसयूभीले ब्राण्डको नयाँ डिजाइन ल्याङ्वेजको प्रतिनिधित्व गरेको छ । यो ईभीको लम्बाइ ४४७६ एमएम, लम्बाइ १८४९ एमएम र उचाइ १६२१ एमएमको रहेको छ । यसको ह्वीलबेस २७३० एमएमको रहेको छ भने १७ र १८ इन्चको ह्वील अप्सन रहेको छ ।

यो ईभीमा विश्वको सबैभन्दा कम उचाइ ११० एमएमको ब्याट्री प्रयोग भएको छ । यो ईभीको सेन्टरअफ ग्राभिटी पनि एकदमै कम ५३० एमएमको मात्र रहेको छ । जसले गर्दा यो ईभीलाई ह्याण्डल गर्न एकदमै सहज रहनेछ । यो ईभीको दुवै एक्सेलमा ५०ः५० रेसियोमा वेट डिस्ट्रिब्युसन भएको छ । यसमा फ्रन्टमा म्याक पियर्सनको सस्पेन्सन तथा रियरमा फाइभ लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको छ ।

एमजीको इन्टेरियरमा मिनीमिलस्टिक डिजाइन रहेको छ । यसको सेन्टरमा १५.६ इन्च ठूलो साइजको फ्लोटिङ स्क्रीन तथा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर स्क्रीन रहेको छ । एमजीले ईएस ५ मा थ्रीस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील तथा गिर सिफ्टर समेत स्टेरिङ कोलममै दिएको छ । सेन्टर कन्सोलमा भने वायलेस फोन चार्जिङ प्याड तथा एकजोडी कप होल्डर र केही कन्ट्रोल स्वीच मात्र रहेको छ ।
नेपाली बजारमा पनि एमजीको इलेक्ट्रीक भेहिकलको राम्रो बजार रहेको छ । नेपालको लागि एमजीको आधिकारिक वितरक प्यारामाउण्ट स्रोतका अनुसार यो ईभी नेपाली बजारमा सन् २०२५ को पहिलो त्रैमाससम्म आउने सम्भावना रहेको छ ।

