नेपालको भन्सारमा देखियो एमजी एचएस, अर्को हप्ताबाट विक्री सुरु हुने

काठमाडौं । काठमाडौं । एमजी (मोरिस ग्यारेज)को नयाँ मोडल एचएस नेपालको भन्सार याडमा देखिएको छ । एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले ल्याएको नयाँ एसयूभी एचएस आगामी हप्ताबाट विक्री सुरु हुने भएको हो ।

‘हामीले नेपाल मगाएका एचएस आइपुगेको छ । आगामी हप्ताबाट विक्री सुरु हुने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

एमजी एचएसको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले यसअघि नै बुकिङ खुल्ला गरेको थियो । निकै प्रिमियम फिचरका साथ आउने एचएसका पहिलो लटमा नेपाल आएका अधिकांश गाडी विक्री भइसकेको कम्पनी स्रोतको भनाई छ ।

एचएसमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ५६०० आरपीएममा १६२ पीएस पावर र ४४०० आरपीएममा २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ७ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ ।

यसको इन्टेरियरलाई प्रिमियम बनाउन कम्पनीले यसमा १०।१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, प्योर लेदर सिट, मल्टी फङ्गसनल स्टेरिङ, ड्यूलजोन क्लाइमेट कन्ट्रोल अगाडि र पछाडि नै आर्मरेष्ट जस्ता फिचर यसमा दिएको छ ।

विशेषत सुरक्षा फिचरलाई बढी जोड दिएर तयार भएको एमजी एचएसमा ड्यूल र साइड कटन एयरव्याग पाउन सकिन्छ । चालकको सजिलोको लागि लेन डिपार्चर वार्निङ सिस्टम, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पाट डिटेक्सन, अटो होल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

पानारोमिक सनरुफ, ६ वे एड्जस्टेवल ड्राइभिङ सिट, ४ वे एड्जस्टेवल प्यासेन्जर सिट, हिटेड सिट, १८ इन्चको अलोय ह्वील जस्ता विशेषता यसमा पाउन सकिन्छ ।


Back_to_top