अर्को साता नेपाल आइपुग्दै ‘एमजी एस-५’, मूल्य निकै रोचक हुने

काठमाडौं । पारामाउन्ट मोटर्सले आफ्नो बहुप्रतिक्षित मोडल एस-५ अर्को साता नेपाल ल्याउने भएको छ । चीनको नयाँ वर्षको छुट्टीको कारण केही दिन ढिलो गरी नेपाल आउन लागेको हो ।

कम्पनीका अनुसार अहिले आएको गाडी टेस्ट गरेर बुकिङ खुला हुनेछ । फेब्रुअरीमा बुकिङ खोल्ने र मार्चबाट ग्राहकलाई गाडी दिने योजना कम्पनीले बनाएको छ ।

‘चिनियाँ नयाँ वर्ष सकियो । अब अर्को साता गाडी नेपाल आइपुग्छ । त्यसपछि केही परीक्षण गरेर बुकिङ खोल्ने योजना बनाएका छौं’, पारामाउन्ट मोटर स्रोतले भन्यो ।

एमजी एस-५ अहिले नेपालमा धेरै उपभोक्ताहरुले चर्चा गरिरहेको मोडल हो । प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको एस–५ दुई ब्याट्री अप्सनमा नै नेपाल आउने कम्पनीको भनाई छ ।

चिनियाँ बजारमा १४ देखि २० हजार डलरसम्म मूल्य रहेको एस-५ नेपालमा ५० देखि ६० लाख रुपैयाँसम्म पर्न सक्नेछ । धेरैले यसलाई ५० लाखभन्दा कम मूल्यमा उपलब्ध हुने अनुमान लगाइरहेका छन् ।

एसएआइसीको नेबुला प्लेटफर्ममा बनेको एस-५ एसयूभी सेग्मेन्टमै पहिलो रियर ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने मोडल हो । रियर ह्वीलमा मोटर हुनुको साथै फाइभ लिङ्क इन्डीपेन्डेन्ट सस्पेन्स र एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएको कारण यसको ड्राइभिङ डाइनामिक्स उत्कृष्ट हुने कम्पनीको दावी छ ।

एमजी एस-५ ले ब्राण्डको सार्प एस्थेठीक र मोर्डन डिटेल सहित पछिल्लो डिजाइन ल्याङ्वेजलाई फलो गरको छ । यसको फ्रन्टमा सार्प एलइडी रनिङ लाइट र अग्रेसीभ डिजाइनको बम्पर पाउन सकिन्छ ।

यसमा दिएको क्लोजअफ फ्रन्ट ग्रील, वाइड प्लास्टीक ह्वील आर्क तथा कर्भ बनेट लाइनले गाडीलाई बल्की देखाएको छ । एमजीको एस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वील वेस पाउन सकिन्छ । यसमा कम्पनीले अहिलेसम्मकै सबैभन्दा पातलो ११० एमएम उचाइ भएको ब्याट्री प्रयोग भएको छ ।

एमजीले एस-५ को क्याविनमा मिनिमलीस्टीक डिजाइन अप्रोच राखेको छ । यसको ड्यासबोर्डको बीचमा १५.६ इन्चको फ्लोटिङ टचस्कृन रहेको छ । जहाँ ड्राइभर इन्फर्मेसनको लागि छुट्टै १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

यसमा थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ । स्टेरिङ कोलुममै रहेको गियर सिफ्टरले चालकलाई एकदमै सजिलो बनाएको छ । सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र दुईवटा कप होल्डर मात्र रहेकोले सफा देखिन्छ ।

एमजीले यसलाई ४९.१ र ६२.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याकमा ल्याएको छ ।


Back_to_top