एमजी एस फाइभ र बीवाइडी एटो टुमा कुन किन्दा बढी फाइदा ?

काठमाडौं । सन् २०२५ को मार्चबाट नेपालमा बिक्री सुरू भएको एमजी एस फाइभ निकै चर्चित मोडल हो । आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरू गरेको एस फाइभ डिजाइनकै कारण धेरैले रुचाएको मोडल हो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले पनि ठ्याक्कै त्यही सेग्मेन्टमा एउटै मूल्य ४३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर एटो टु मोडल बिक्री थाल्यो । एसयूभी डिजाइन र २०० एमएम ग्राउण्ड क्लियरेन्स भएको बीवाइडीको पहिलो ईभीको रूपमा यसको चर्चा भइरहेको छ ।

नेपाल आउन थालेको छोटो समयमा नै १ हजार युनिट पूरा भएको एमजी एस फाइभ र दुई महिनामै ५०० युनिटभन्दा धेरै आयात भएको एटो टु मूल्य बाहेकका कुरामा पनि प्रतिस्पर्धी हुन् । यसका बाबजुद यी दुई मोडलमा केही भिन्नता भने पक्कै छन् ।

माथि उल्लेख गरिएको स्पेसिफिकेसनका आधारमा साइज हेर्दा एमजी एस फाइभ ठूलो छ । लामो ह्वीलवेसको कारण फराकिलो र फ्ल्याट क्याबिन एस फाइभमा पाउन सकिन्छ ।

ग्राउण्ड क्लियरेन्स धेरै भएको कारण खराब बाटोको लागि एटो टु ठिक हुन्छ । तर, फ्रन्ट ह्वील ड्राइभ सिस्टम भएको कारण हिलो र अल्का चिप्लो बाटोमा पनि एटो टुको पर्फमेन्समा फरक आउन सक्छ । रेन्ज भने दुवै मोडल लगभग उस्तै छ ।

क्याबिन फिचर हेरेर तपाईं गाडी किन्ने योजनामा हुनुहुन्छ भने पनि यी दुई प्रोडक्टका बीचमा तुलना गर्नु उपयुक्त हुन्छ । त्यसैले यसको क्याबिनमा रहेको फिचरलाई यसरी हेर्न सकिन्छ ।

बीवाइडी एटो टु र एमजी एस फाइभ दुवै मोडलमा १२.८ इन्चको स्क्रीन दिइएको छ । एप्पल कार प्ले, एन्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल भिटुएल सुविधा र ७ किलोवाटसम्मको एसी चार्जर दुवै मोडलले सपोर्ट गर्छ ।

माथि उल्लेख भएका फिचरका अलावा एमजी एस फाइभमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, हिटेड स्टेरिङ, १८ इन्चको अलोय ह्वील, साउन्ड फिल्ड क्यालिब्रेसन, ६ वटा स्पीकर, इलेक्ट्रीक फोल्डिङ ओआरभीएम र ड्राइभिङ सिस्टममा स्नो मोड पाउन सकिन्छ ।

बीवाइडीले एटो टुमा समान फिचर बाहेकका ८ स्पीकर, भेन्टिलेटेड फ्रन्ट सिट, ५० वाटको वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, पीएम २.५ फिल्टर, पावर एड्जस्टेवल सिट र रेन सेन्सिङ वाइपर दिएको छ ।

पछाडिको सस्पेन्सन भने एमजीको इन्डिपेन्डेन्ट भएको कारण लग्जरी यात्रा गराउन सफल हुन्छ । यसमा कम्पनीले इन्डिपेन्टेन्ट रियर सस्पेन्सन प्रयोग गरेको छ । जुन हाइवे र कच्ची बाटोको लागि उपयुक्त मानिन्छ ।

बीवाइडी एटो टुमा भने टोर्सन बिम रियर सस्पेन्सन छ । यो सहरी क्षेत्रको लागि निकै उपयोगी मानिन्छ ।

सुरक्षामा पनि दुवैै गाडीमा राम्रै प्रतिस्पर्धा देखिन्छ । एमजीले एस फाइभमा ७ एयरब्याग दिएको छ । बीवाइडी एटो टुमा ६ एयरब्याग छ । आधुनिक एडास फिचर दुवैैमा छ । एटो टुमा ३६० डिग्री क्यामेरा छ भने एमजी एस फाइभमा छैन । त्यो बाहेक सबै फिचर समान जस्तै छन् ।

अन्त्यमा कुन राम्रो ?

हाइवेसँगै सहरी क्षेत्रको लागि सबैभन्दा उपयुक्त कार एस फाइभ हो । होइन सहरी क्षेत्र केन्द्रित धेरै ड्राइभ हो भने बीवाइडी एटो टु उपयुक्त हुन सक्छ । अर्को तपाईंले झट्ट हेर्दा मनपारउने डिजाइन दुई मध्ये एकमा पाउन सकेको खण्डमा त्यही छनोट उपयुक्त बन्न सक्छ ।


Back_to_top