आयो ‘एमएच २००’ मोटरसाइकल बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नेपाली बजारमा मोटोहेड कम्पनीको एमएच २०० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ मोटरसाइकलमा १९९ सीसी क्षमताको इन्जिन दिइएको छ । 

काब्रुरेटर इन्जिन रहेको यो मोटरसाइकलले अधिकतम शक्ति १६ हर्स पावर र १७ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । 

ओडोमिटर र टेकोमिटर डिजिटल रहेको यो बाइकमा ट्रिपमिटर पनि दिइएको छ ।  चीनमा बनेको एमएच २०० बाइकमा १२ लिटर क्षमताको फिउल ट्याङकी रहेको बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

एलइडी हेडलाईट रहेको बाइकको ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ भने हाइड्रोलिक ब्रेकिङ सिस्टम दिइएको छ । 

बाइकको अगाडि इन्भर्टेड सस्पेन्सन दिइएको छ भने, पछाडि मोनोशक दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको उक्त बाइकले युवा पुस्ताको मन जित्ने कम्पनीले दाबी गरेको छ । 

बाइकमा किक स्टार्टको अप्सन उपलब्ध छैन । सेल्फ स्टार्टमात्र हुने यो बाइकको उच्चगति १२० किलोमिटर प्रतिघन्टा रहेको छ । 

कम्पनीले यसको मूल्य ३ लाख ७२ हजार रुपैयाँ तोकेको छ । यसमा कम्पनीले स्क्याच कार्ड मार्फत ५ हजारदेखि २५ हजारसम्मको स्योरसर्ट नगद छुटको व्यवस्था गरेको जनाएको छ । 

साथै, कम्पनीले एक वर्षको सडक कर र तेस्रो पक्ष बीमा प्रदान गर्ने जनाएको छ । कम्पनीले बिभिन्न ६ मोडलका बाइक बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top