काठमाडौं । नेपालमा रहेका बाइक पारखीहरुको लागि दोस्रो मोटो फ्ल्याट ट्रयाक रेश भइरहेको छ । आज शनिबार गोठाटारको एयरपोर्ट मैदानमा विहान ११ बजेदेखि यो प्रतिस्पर्धा आयोजन भइरहेको छ ।
१५० सीसीदेखि २०० सीसीसम्मको नेकेड बाइकले यो रेशमा भाग लिएका छन्, जसमा पल्सर एन एस् २०० र केटिएम डुक २०० सिसिका मोटरसाइकल रहेका छन् । उक्त आयोजनामा २५ जना राइडरहरुले सहभागि रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई २५ हजार तथा तेस्रो हुनेलाई १५ हजार नगद पूरस्कार प्रदान गरिनेछ । साथै विभिन्न तीन समूहमा बेस्ट राईडरको लागि विशेष गिफ्टह्याम्पर, सर्टीफीकेट तथा मेडलको व्यबस्था रहेको जानकारी मोटर स्पोर्टस नेपालका अध्यक्ष विनोद तन्डुकारले दिए ।