सेक्युरिटी कम्पनीकै मोटरसाइकल चोरी, नम्बर फेरेर चलाउँदै

काठमाडौं । विभिन्न कम्पनीमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको गरुड सेक्युरिटीकै मोटरसाइकल चोरी भएको छ ।

कम्पनीको नाममा रहेको बागमाती प्रदेश ०४४ प ९६२७ नम्बरको ३५०० सीसीको रोयल इनफिल्ड मोटरसाइकल गत असोज २७ गते काठमाडौं पुरानो गुजेश्वरीमा पार्कीङ गरी राखेको स्थानबाट चोरी भएको हो ।

उक्त मोटरसाइकल अर्कै नम्बर प्लेट राखेर चलाइराखेको अवस्थामा प्रहरीले चालकसहितपक्राउ गरेको छ । यही पुस २८ गते सुनसरीको धरान उपमहानगरपालिका २ पुरानो बजारमा चेकजाँचको क्रममा चालक धरान ३ बस्ने आयुष साहनीलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार उक्त मोटरसाइकलमा प्रदेश १-०२-०५४ प ४८५६ नम्बर राखी चलाएको पाइएको हो । नियन्त्रणमा लिइएका आयुषलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरान सुनसरीमा पठाइएको कार्यालयले जनाएको छ ।


Back_to_top