इन्जिन, डिजाइन र मूल्यमा घुमेको नाडा अटो शो-२०१८

काठमाडौं । राजधानीको भृकुटीमन्डप स्थित प्रदर्शनीस्थलमा भाद्र २६ गतेदेखि नाडा अटो शो २०१८ चलिरहेको छ । चर्चित गाडी निर्माता कम्पनीहरुले अटो शोमा आफ्ना नयाँ मोडलहरुको प्रदर्शन गरिरहेका छन् । 

यसपटकको मेलामा ३ वटा नयाँ ब्रान्डले तामझामका साथ स्टल राखेका छन् जसमा अग्रस्थानमा जीप आउँछ । प्यूजो र एमजीलेपनि निकै राम्रोसँग आफ्नो उपस्थिति देखाएका छन् । यी तिनै ब्रान्ड नेपाली बजारको लागि प्रिमियम ब्रान्डमा पर्छ । 

सदावहार बजारमा आफ्नो बलियो पकड राख्ने मारुती, हुन्डाई, टाटा, फोर्ड, टोयोटा, महिन्द्राजस्ता ब्रान्डले पनि आफ्नो स्टल आर्कषक बनाउन कुनै कसर बाँकी राखेका छैनन् । यस बाहेका ब्रान्डहरुले पनि आफ्नो प्रडक्ट रेन्ज अनुसारको स्टल निर्माण गरेर ग्राहक लोभ्याउन हरसंभव कोशिष गरेका छन् ।  

प्रदर्शनीमा गाडीको बारेमा बुझन खरिदकर्ता मात्र नभएर प्रोफेसनल, बिद्यार्थी र सर्वसाधारण समेत निकै झुमिएका छन् । यही अवशरलाई  क्यासगर्न विभिन्न गाडी निर्माता कम्पनीले एक्सेन्ज अफर, विशेष छुट अफर, दशैंतिहार बोनान्जा जस्ता अफरहरु ल्याएका छन् । 

गाडीहरु किन्ने मात्रै उद्देश्य नभई नयाँ तथा अपडेटेड मोडलबारे जानकारी लिन तथा नयाँ गाडीहरुको अवलोकन गर्न पनि मानिसहरु गइरहेका भेटिन्छन् । 

चार्डपर्वको मुखमा गाडी किन्नेदेखि गाडीको पछिल्लो बजार बुझ्न जानेहरुको भेटन्छन् । मेला अबलोकन गर्न विद्यार्थीहरुको पनि उपस्थिती बाक्लै रहेको छ । 

मूल्य, इन्जिन, डिजाइन जस्ता विषयमा जानकारी राख्नेहरुको पनि मेलामा बाक्लो उपस्थिति रहेको पाईन्छ । 

गाडीको अवलोकन गर्न प्रदर्शनीस्थल पुगेका काठमाडौं बसुन्धाराका उमेश श्रेष्ठ भन्छन्, ‘पुराना गाडीहरु धेरै चलाइयो । पछिल्लो समय सुजुकी बलेनो चलाइरहेको छु । बजारमा आएका नयाँ÷नयाँ मोडलको स्वाद लिन मन लागेकाले यहाँ आएको हुँ ।’ उनले मेरोअटोसँग भने ।

उनले गाडी खरिदमा मूल्य, छुट, इन्जिन, वीमा तथा विक्रिपछिको सेवालगायतलाई प्राथमिकतामा राखेर गाडी किन्नु पर्ने बताए । 

त्यस्तै, प्रदर्शनीमा राखिएका गाडी अवलोकन र खरिद प्रक्रियामा समावेश भएका काठमाडौंका छोटुलाल रौनियार भनछन् ‘गाडीको मूल्य, इन्जिनजस्ता कुरालाई मूख्य आधार बनाएर कार छनोट गर्नु पर्ने र गाडीहरु सबै राम्रा भएपनि आकर्षण भन्दा क्वालीटीलाई बढि फोकस दिनु पर्छ ।’ ब्रान्ड नेम, मूल्य, इन्जिन तथा गाडीको क्वालीटीलाई हेरेर गाडी किन्छु, उनले भने । 

नाडा अटो शो २०१८ मा गाडी अवलोकनका लागि गएका धेरैजसो व्यक्तिहरुले एसयूभी नै खोजेको देखिन्छ । 

त्यसो त डिजेल कार र इलेक्ट्रीक कार किन्ने ग्राहकको पनि कमि छैन यहाँ । हरेक वर्ष हुने अटो शोमा नयाँ ब्रान्ड र मोडलहरु थपिदै गएका छन् ।

सबै सवारीसाधनदेखि स्पेयर पाटर्स र लुब्रिकेन्टसम्मको अबलोकन गर्न पाइने मेलामा १९ वटा चारपाङ्ग्रे सवारी साधनका स्टलहरु रहेका छन् । 


Back_to_top