‘युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सरल र सहज कर्जा नीति चाहिन्छ’

काठमाडौं । युवाहरूको बढ्यो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र व्यवसायिक कार्यरणनीतिको खाँचो रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजामा भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०२५’ को अवसरमाआयोजित ‘युथ, मोबिलिटी, एण्ड नेशनल्स ड्रि : ब्रिडिङ दी ग्याप बिट्वीन एसप्रेशन एण्ड अप्रुचुनिटी ईन नेपाल’ वृहत छलफल कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवंम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले नेपालको शिक्षा प्रणाली नै कमजोर र विदेशीका लागि कामदार उत्पादन गर्ने खालको भएकाले युवाहरू स्वदेशमा बस्नै नचाएको बताए ।

उनले भने, ‘युवाहरू आज किन विदेशिन चाहिरहेका छन् ? पहिलो त यहाँ भनेजस्तो रोजगारीको ग्यारेन्टी छैन । अर्कोतर्फ युवाहरूमा स्वतन्त्रतासँगै गुणस्तरीय शिक्षा र भविष्य बनाउने चिन्ता छ । यसले आज देश विस्तारै रिक्तिदैछ । यो क्रम अझ बढ्दो छ । यसो हुनुको पछाडीको दोष हाम्रो राजनीतिक प्रणाली, प्रशासनिक प्रणाली र नीतिगत कमजोरीको कारण हो । यदि देशमै सही नीति र व्यवसायिक कार्यरणनीतिको व्यवस्था भइदिएको भए आज युवाहरू विदेशिने थिएनन् । एउटा घर र एउटा गाडी चढ्नकै लागि आज युवाहरू यसरी विदेशिने थिएनन्,’ क्षत्रीले भने । युवाहरूमा बढ्दो महत्वकांक्षाले पनि काम गरेको उनको भनाइ छ ।

गाडीको आयु २० वर्ष तोक्ने तर कर्जाको अवधि ७ वर्ष राख्ने जस्ता गलत नीतिका कारण आज युवाहरूले गाडी चढ्ने सपना विदेशमा पूरा गर्न खोजिरहेका छन् ।

युवाहरूलाई कसरी देशमै अडिने वातावरण बनाउने र गएकाहरूलाइ फर्काउने भन्ने मुद्दामा बोल्दै अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले रणनीतिक योजनासहित नेपाली समाजको गलत सोच र धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘यहाँ हाम्रो सोचाइ नै गलत छ, व्यवसायिक नबनिकन पूँजी बनाउन सकिँदैन । तर, नेपाली समाज पूँजीपतिलाई नराम्रो दृष्टिकोणले हेर्छ । कामको कमिसनलाई गलत अर्थमा बुझ्छ । अझ व्यवसायिक मिडियटरलाई त बिचौलिया दलाली भनेर टिक्नै दिँदैन । यस्ता अरु धेरै उदाहरणहरू छन् । जसले मुलुकमा व्यवसायिक वातावरण बन्न दिइरहेको छ । यसले रोजगारी र पूँजी वृद्धिमा काम गर्न दिइरहेको छ । यस पनि युवाहरूमा नैरास्यता बढ्दैछ र विदेश पलायन बढ्दैछ ।’

तर, विदेशिएका युवाहरूलाई स्वदेश फकाउन स्पष्ट नीति, व्यवसायिक रणनीति र सहजीकरण गर्नाले फर्काउन सकिने उनले बताए ।

यसैगरी, नेपाल युवा उद्यमी संघका अध्यक्ष सुदिप घिमिरेले स्वदेशमै गर्न सकिने ठूलो सम्भावनाहरू हुँदाहुँदै पनि युवाहरूलाई रोक्न नसकिएको बताए । देशको अस्थिर राजनीति, नीतिगत जटिलता, प्रशासनिक झमेला अरू धेरै कारणहरूले युवाहरूलाई दिकदारी लगाउने काम गरेकोले विदेशिन खोजिरहेको उनले बताए । यसका लागि सरकारले समयमै स्पष्ट नीति तथा कार्यरणनीति सहित युवा लक्षित कार्यक्रमहरू ल्याउनुपर्ने बताए ।

विदेशमा कमाएको पैसाले घर गाडीको किस्ता हाल्दाहाल्दै जीवन सकिने अवस्था रहेकोमा नेपालमै केही सहज नीति भए युवाहरूले यहीँ घर पनि जोड्न सक्ने र गाडी पनि चढ्न सक्ने स्थिति बन्नेछ ।

४०-५० लाखको गाडी चढ्न कोही पनि युवाहरू विदेशिनु नपर्ने बरू यहीँ सामाजिक प्रतिष्ठा र स्वतन्त्रतासहित यहीँ केही गर्न सक्ने सम्भावना रहेको उनले बताए । विदेशमा कमाएको पैसाले घर गाडीको किस्ता हाल्दाहाल्दै जीवन सकिने अवस्था रहेकोमा नेपालमै केही सहज नीति भए युवाहरूले यहीँ घर पनि जोड्न सक्ने र गाडी पनि चढ्न सक्ने स्थिति बन्ने उनले बताए ।

कार्यक्रममा नेपाल अटो पत्रकार संघ (जाम)का अध्यक्ष सागर गजुरेलले आजको पुस्ता गाडी र घर जोड्नकै लागि विदेशीने गरेको तितो यथार्थकाे न्यूनीकरणका लागि सरकारले सरल र सहज सवारी कर्जा नीतिलाई अघि सार्नुपर्ने बताए ।

गाडीको आयु २० वर्ष तोक्ने तर कर्जाको अवधि ७ वर्ष राख्ने जस्ता गलत नीतिका कारण आज युवाहरूले गाडी चढ्ने सपना विदेशमा पूरा गर्न खोजिरहेको उनले बताए । यस्तो सहजता स्वदेशमा नै बनाउनुपर्नेमा अध्यक्ष गजुरेलले जोड दिए ।

अन्तरक्रिया कार्यक्रम नाडाको आयोजना र अटो पत्रकार संघ (जाम) सहआयोजनामा सम्पन्न भएको हो ।


Back_to_top