पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा भ्याट नलाग्ने व्यवस्थालाई नाडाको स्वागत

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटमा मिश्रीत धारणा सार्वजनिक गरेको छ । एशोसिएशनले पेट्रोलियम पदार्थबाट चल्ने कारमा भ्याट छुट दिने सरकारको निर्णयलाई स्वागत गर्दै पेट्रोल गाडीमा केही राहत दिएको उल्लेख गरेको छ ।

साथै, नाडाले एकातिर हरित उर्जालाई उच्च प्राथमिकतामा राख्ने अनि अर्कोतिर विद्युतीय साधनमा अस्थीर कर नीति अवलम्बन गर्ने सरकारी नीतिले ब्यवसायमा नै असर पर्ने उल्लेख गरेको छ ।

सरकारले दिने सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्नाले विद्युतीय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर असर मात्रै परेको छैन, नेपालमै विद्युतीय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित हुँदै गएका छन् । स्

त्यसैगरी छिमेकी देशहरु भारत र चीनबाट आयात हुने अटोमोवाइल लगायतका वस्तुहरुमा दिइएको भन्सार छुट पनि हटाइएको छ । यसले समग्र ब्यवसायमा संकट सृजना हुने देखिन्छ ।

बजेटले लुव्रिकेटिङ्ग आयलमा १ प्रतिशत र बेश आयलमा ०.५ प्रतिशत हरित कर लाग्ने नयाँ व्यवस्था गरेको छ । त्यसैगरी आयातित हाइड्रोलिक आयल र ब्रेक आयलमा १० प्रतिशत अन्तःशुल्क महशुल लाग्ने व्यवस्था गरेको छ । यसबाट निर्माण व्यवसाय झन महङ्गो हुने र सीमा क्षेत्रबाट अनाधिकृत आयात समेत बढने भएकोले यस्तो महशुल हटाउन नाडाले अनुरोध गरेको छ ।

सरकारले व्यवसायीहरुको समस्याहरुलाई ध्यानमा राख्दै उधारो रकम उठाउने सम्बन्धमा नयाँ ऐन ल्याउने विषय उठाएको छ, यसलाई नाडाले सकारात्मक रुपमा लिएको जनाएको छ ।


Back_to_top