अटोमोबाइल बजारमैत्री बजेट ल्याएको भन्दै नाडाले अर्थमन्त्रीलाई दियो धन्यावाद

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत गरेको छ ।

शुक्रबार नाडा प्रतिनिधि मण्डलले अटोमोबाइल बजारमैत्री बजेट ल्याएको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडललाई भेटेर विशेष धन्यवाद दिएको हो ।

नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन विगतमा दिइएका सुझाव समेटेर बजेट बनाएकोमा नाडाले खुसी व्यक्त गरेको हो ।

‘खासगरी यस बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौं देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसायमैत्री रहेको, उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन । यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब आउँदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौं ।’


Back_to_top