ईभीको कर यथावत राखेकोमा गर्व छ : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा करको दर यथावत राख्ने आफ्नो निर्णयमा गर्व रहेका बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजन गरिएको पत्रकार सम्मेलनमा उनले बजेट बारे आफ्नो धारण राख्दै यस्तो बताएका हुन् ।

उनले ईभीको करको बारेमा विगतका बजेटहरू हेर्न समेत आग्रह गरे । ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु,’ उनले भने, ‘नेपालमा ईभीको करको बारेमा विगतका कुन बजेटले के-के र्गयो ? एकपटक हेर्यो भने सबै थाहा भइहाल्छ । यस विषयमा मैले थप केही भन्नु पर्दैन ।’

बजेट अघि ईभीमा कर बढ्ने व्यापाक हल्ला थियो । त्यसैले व्यवसायीले वैशाख यता मात्रै साढे ५ हजार युनिट गाडी आयात गरेका थिए ।


Back_to_top