नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्ड सहभागी हुँदै (सूचीसहित)

काठमाडौं । आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० वटा अटोमोबाइल ब्राण्डले सहभागीता जनाउने भएका छन् ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दिएको जानकारी अनुसार नाइमा नेपाल मोबिलिटी एक्स्पोका लागि ५० ब्राण्डले स्टल बुकिङ गरेका हुन् ।

नाइमाले गत वैशाख २२ देखि २९ गतेसम्म स्टल बुकिङ खुलाएको थियो । जसमा दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल गरी ५० ब्राण्डले आवेदन दिएको संस्थाकी अध्यक्ष रितुसिंह वैद्यले जानकारी दिइन् ।

उनका अनुसार ४४ वटा स्टलको बुकिङ खुलाइएकोमा मागभन्दा बढी अर्थात् ४८ वटा आवेदन परेको छ । आवेदकलाई थप स्टल निर्माण गरी उपलब्ध गराइने उनले बताइन् ।

नाइमा मोबिलिटी एक्स्पोमा २३ वटा चारपाँग्रे, १९ वटा दुईपाँग्रे र ८ वटा कमर्शियल ब्राण्ड सहभागी हुने उनले बताइन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मोबिलिटी एक्स्पोले अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता, अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सबैमा ऊर्जा प्रदान गर्ने नाइमाको विश्वास छ ।

यी हुन् मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरू

चारपाँग्रे :  बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडा/जेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।

दुईपाँग्रे : एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।

कमर्शियल : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।


Back_to_top