ग्राहकले पाउन थाले नामीको एसयूभी

काठमाडौं । गत भदौमा आयोजना भएको नाडा अटोशोमा लन्च भएको नामीको कम्प्याक्ट एसयूभी भिगोको डेलभरी सुरू भएको छ ।

नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले अटो शोमा बुकिङ गरेका ग्राहकलाई आजदेखि गाडी डेलिभरी दिन थालेको हो ।

कम्पनीका सीईओ प्रशन्न पन्तले नाडा अटोशोमा बुकिङ गरेका ग्राहकहरुलाई क्रमिक रुपमा नामीको भिगो डेलिभरी दिन सुरू गरिएको जानकारी दिए ।

‘चीनबाट ल्याइएका भिगो काठमाडौं आइपुगेका छन् । क्रमशः डेलभरी दिँदै जान्छौं,’ उनले भने ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा अफोडेबल मूल्यमा लन्च भएको नामी भिगोमा ४४.९४ र ५१.८७ किलोवाट आवरको दुई साइजको ब्याट्रीप्याक पाउन सकिन्छ । नेपाली बजारमा ई२ र ई२ प्लस दुई भेरियन्टमा बिक्री सुरू भएको नामी भिगोमा ९९ किलोवाटको मोटर रहेको छ ।

ई२ भेरियन्टको मूल्य ३८.९९ लाख र ई२ प्लस भेरियन्टको मूल्य ४१.९९ लाख तोकिएको छ । ३ लाख मूल्य फरक रहेको यी दुई भेरियन्टमा ब्याट्री साइज, मुनरुफ, एडास लगायत केही फिचर फरक रहेको छ ।

नामी भीगोको ई२ भेरियन्टमा रहेको ४४.९४ किलोवाटआवरको ब्याट्रीप्याकले ३०० किलोमिटर र ई२ प्लस भेरियन्टमा रहेको ५१.८७ किलोवाट आवरको ब्याट्रीप्याकले ३५० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।

सेग्मेन्ट फस्ट हेभेन एण्ड अर्थ ड्युल सेग्मेन्ट टेलगेट रहेको यो ईभीमा १९० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top