काठमाडौं । रोयल इनफिल्ड इलेक्ट्रीक हिमालयन मोटरसाइकल सडक परीक्षणको अन्तिम चरणमा पुगको छ । कम्पनीले लामो समयदेखि भारतको उच्च पहाडी क्षेत्रका सडकमा गुडाएर यसको परीक्षण गरिरहेको हो ।
पछिल्लो पटक परीक्षणको क्रममा देखिएको हिमालयन इलेक्ट्रीक भने प्रडक्शन मोडल भएको अनुमान गरिएको छ ।
पछिल्लो समय देखिएको तस्बिर इलेक्ट्रीक हिमालयनको ग्रुप राइडको हो । रोयल इनफिल्डले आयोजना गरेको अफिसियल राइड फिडब्याक राइड भएको अनुमान गरिएको छ । तस्बिरमा ४ युनिट रोयल इनफिल्ड इलेक्ट्रीक हिमालयन देखिएको छ ।
परीक्षणको क्रममा रहेको मोटरसाइकलको फ्रन्टमा नयाँ एलईडी हेडलाइट, एलईडी टर्न इन्डिकेटर, टल विन्ड स्क्रीन र रियर प्यानलमा सिल्भर आउटलाइन देखिएको छ । यसमा लामो सिंगल पिस सिट दिइएको छ । जसमा रोयल इनफिल्डको ब्याजिङ देखिएको छ । यसको रियर साइडमा लगेज र्याक समेत देखिएको छ ।
लगभग प्रडक्शन मोडल जस्तै देखिएको यो मोटरसाइकलको साइड प्यानलमा केही काम बाँकी देखिएको छ । यसका अलावा यो मोटरसाइकलमा गोल्डेन स्पोक ह्वील, डबल पर्पस टायर, आल्मुनियम स्वीङ आर्म प्रयोग भएको छ । यसको ब्याट्री प्याक इन्जिन एरियामा प्लेस गरिएको छ । यसमा दुई ब्याट्रीप्याक हुने अनुमान गर्न सकिन्छ । यसको मोटर भने मोटरसाइकलको दायाँ तर्फ र यसको ड्राइभ चेन भने बायाँतर्फ दिइएको छ ।
यसको गोल्डेन यूएसडी फर्क, मोनोशक सस्पेन्सन, डिस्क ब्रेक, डिजिटल क्लस्टर पाउन सकिन्छ । रोयल इनफिल्ड इलेक्ट्रीक हिमालयनमा १४ किलोवाट क्षमताको ब्याट्री प्याक र १०० ब्रेक हर्ष पावर जेनेरेट गर्ने मोटर हुने पछिल्लो मिडिया रिपोर्टमा उल्लेख छ । यसमा चार राइड मोडहरू सिटी, अफरोड, टुर र र्याली हुनेछ ।

