नेपाल बैंकले साढे दुई अर्ब कमायो

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ  खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा  ३ अर्ब १२ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । 

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २।०६ प्रतिशतले बढी छ । यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा  ७९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ ।


Back_to_top