चन्द्रागिरि केबलकार २ दिन बन्द !

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले वैशाख १२ र १३ गते केवलकार सेवा बन्दगर्ने सुचना प्रकाशित गरेको छ । 

केवलकारको नियमित मर्मत संभार गर्नुपर्ने भएकाले २ दिनका लागि केवलकार बन्द गर्नु परेको कम्पनीले जनाएको छ । कम्पनीद्धारा जारी सुचनामा यी दुई दिन आन्तरिक तथा बाह्यपर्यटकलाई चन्द्रगिरि भ्रमणमा नआउन आग्रह गरिएको छ । 

दैनिकरुपमा हजारौं आन्तरिक तथा बाह्य पर्यटक चन्द्रागिरि केवलकार चढेर माथि डाँडामा जाने गरेका छन् । चन्द्रगिरिलाई धार्मिक, ऐतिहासिक तथा प्राकृतिकरुपमा राम्रो पर्यटकीय गन्तब्य रुपमा लिइने गरिन्छ । 


Back_to_top