सुजुकीको वर्गम्यान स्ट्रिट–१२५ स्कुटर आउँदै, होन्डाको ग्रेजासँग प्रतिस्पर्धा

काठमाडौं । सुजुकी मोटरसाइकल इन्डियाले अटो एक्स्पो २०१८ मा घोषणा गरेको ‘वर्गम्यान स्ट्रिट’ १२५ स्कुटर सार्वजनिक गर्ने भएको छ । 

जापानी मोटरसाइकल निर्माता कम्पनी सुजुकीले वर्गम्यान स्ट्रिट १२५ लाई मे महिनाको अन्त्यसम्मा बजारमा ल्याउने भएको हाे ।  

यो मोडल भारतमा सार्वजनिक हुने पहिलो म्याक्सी स्कुटर हो । यो स्कुटरमा प्रयोग भएका धेरै पार्टसहरु सुजुकी जिक्सर मोटरसाइकलबाट ल्याइएको हो । 

यसमा एलइएडी हेडल्याप युनिट, १२ भी चार्जिङ्ग शर्किट, ट्युबलेस टायर्स, मल्टी फक्शन तथा फ्रन्ट डिस्क ब्रेकजस्ता  विशेषता रहेका छन् ।

यसमा १२४.३ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । सिग्गल सिलिण्डरको साथमा राखिएको एयर कुल्ड इन्जिनले ६५०० आरपीएममा ८.५ बिएचपी पावर तथा ५००० आरपिएममा १०.२ एनएम टर्क उत्पादन गर्छ ।

भारतीय बजारमा यसको प्रतिस्पर्धा होन्डा ग्रेजासँग हुने अनुमान गरिएको छ । यसको भारतीय बजारमा ७० हजार भारु मूल्य तोकिने आँकलन गरिएको छ । वर्गम्यान १२५ ले टिभीएस एनटर्क १२५ सँग पनि प्रतिस्पर्धा गर्नु पर्ने छ । 

कहिले आउला नेपाल ?

सुजुकीका उत्पादनहरु नेपाली बजारमा भिजी मोर्टसले ल्याइरहेको छ । यो नयाँ उत्पादन पनि नेपाल आउने छ तर, अहिल्यकाृ लागि कहिले र कति मूल्यमा आउने छ भन्ने चासोको बिषय मात्र हो । 


Back_to_top