नेपाल ल्यूवले ४० प्रतिशत लाभांस दिने

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले ४० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको २७औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको हो । सो लाभांश मध्ये ३० प्रतिशत नगद र १० प्रतिशत बोनस लाभांश प्रदान गर्ने कम्पनीले जनाएको छ । 

साधारण सभामा अध्यक्षको मन्तव्य राख्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीले नेपालमा लुब्रिकेन्ट व्यवसाय तीव्र प्रतिस्पर्धात्मक रहेको जनाए । उनले प्रतिस्पर्धा धेरै रहे पनि विश्व स्तरीय उत्पादन उपलब्ध भएको र नवीन रणनीति तथा समर्पित समूहका साथ अगाडि बढिरहेकाले सो आर्थिक वर्षमा कम्पनीले २६ सय केएल भन्दा बढी लुब्रिकेन्ट बिक्री गर्न सफल भएको जनाए । 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ । 


Back_to_top