नेटा भी किन्न २ लाख ८० हजार भए पुग्ने

काठमाडौं । नेपालको लागि होजोन अटोको आधिकारीक वितरक सीजी मोटर्सले २ लाख ८० हजार डाउन पेमेन्टमा नेटा भी किन्न पाइने स्कीम ल्याएको छ । कम्पनीले आजबाट लागु हुनेगरी नेटा भीमा ‘धन्तेसर अफर’ ल्याएको हो ।

धन्तेरसका दिन हिन्दुहरुले आफ्नो घरमा केहि न केहि सम्पती भित्र्याउने दिनको रुपमा लिने गरिन्छ । त्यसैले डाउन पेमेन्ट बापतको रकम धेरै जम्मा गर्न नसक्नेलाई यो स्कीमले धेरै फाइदा दिनेछ ।

सीजीले ल्याएको अफर अन्तर्गत अब नेटाभी डाउन पेमेन्टमा लिन चाहने ग्राहकहरुले ३८.९९ लाखको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्थ्यो । तर, कम्पनीले डाउन पेमेन्टको रकम मध्य ५ लाख रुपैयाँ क्यास ब्याक अफर दिएकाले २ लाख ८० हजार मात्रै डाउन पेमेन्ट गर्दा पुग्छ ।

नेटा भी ईभी चढ्न चाहने ग्राहकले २ लाख ८० हजार डाउन पेमेन्टमै उत्कृष्ट क्रसओभर चढ्न पाउने भएका हुन् । यसरी ५ लाख छुटसहित २ लाख ८ हजार मात्रै डाउन पेमेन्ट गर्ने ग्राहकले अन्य अफरमा भने सहभागी हुन पाउने छैनन् । उक्त अफर अन्तर्गत कार खरिद गर्ने ग्राहकले कारसँगै ३.३ किलावाटको चार्जर भने निःशुल्क पाउने छन् ।

नेटा भीमा ७० किलोवाटको मोटर र ३८.५४ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

आकर्षक फ्रन्ट डिजाइन र हाइटेक क्यावीन फिचर रहेको नेटा भीको ड्यासबोर्डमा १४.६ इन्चको सेन्टर कन्ट्रोल टचस्कृन डिस्प्ले रहेको छ ।

सीजी मोटर्सले यो कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी रहेको छ । कारको अन्य नन्मुभिङ आइटममा भने कम्पनीले १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ ।


Back_to_top