म्याकका दुई ल्युब्रिकेन्टस् बजारमा

काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडको विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् नेपालमा बिक्री सुरु भएको २१ वर्ष पुरा भएको छ । म्याकका उत्पादन नेपाली बजारमा सिप्रदी ट्रेडिङ्गले बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा म्याकका उत्पादनको २१ वर्ष पुरा भएको अवसर पारेर नयाँ दुई प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको हो । नयाँ उत्पादन बिक्री सुरु गर्ने कार्यक्रमा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक पि सुधाहर, हेड ल्यूव अमरप्रित सिंह आलुवालिया र ईस्ट्रन रिजन स्ट्राटिजि मनिन्दर सिंह उपस्थित थिए ।

त्यसैगरी सिप्रदी ट्रेडिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, चिफ म्यानेजर दिनेश केसी लगायत देशभर रहेका म्याकका डिलरहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी योजना प्रस्तुत गरेका थिए । आफ्ना च्यानल पार्टनरहरुलाई सम्बोधन गर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फबाट पूर्ण रुपमा सहयोग गर्न तयार रहेको र समृद्धिका लागि हरदमसँगै रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका चिफ म्यानेजर दिनेश केसीले कम्पनीको आगामी कार्ययोजना र उद्देश्यको बारेमा बोलेका थिए । उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी ट्रेडिङ्गका प्रतिनिधिहरुद्वारा सिक्का एप सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपालभर रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।


Back_to_top