काठमाडौं । नेटा भीको इलेक्ट्रीक गाडी २० प्रतिशत मात्र डाउन पेमेन्ट गरेर किन्न सकिने भएको छ । नेटा भीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले विभिन्न बैंकहरुसँग सहकार्य गर्दै यस्तो सुविधा दिएको हो ।
कम्पनीका अनुसार २० प्रतिशत डाउन पेमेन्ट गरेर ग्राहकले सहज रुपमा फाइनान्स सुविधामा नेटा भीका गाडी खरिद गर्न सक्नेछन् । गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराइने छ ।
ग्राहकले नेटा भी किन्न नेपालभरका प्रभु बैंक, कामना सेवा बैंक, एनएमबी बैंक र नबिल बैंकबाट सहज कर्जा सुविधा पाउने छन् । ७ वर्षसम्मका लागि कर्जा पाइने छ ।
यो सुविधा सीजी मोटर्सका नेपालभरका सम्पूर्ण आधिकारिक बिक्रेता डिलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८।५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्दछ ।
करिब २० मिनेटमै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले डेढ लाख किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।
यसका साथै हाल नेटा भीमा डिक्की फुल अफरचलिरहेको छ । जसमा ग्राहकलाई विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहार दिइएको छ ।

