स्पीड र पावर बढेर आयो नयाँ चेतक, चार्जिङ टाइम पनि घट्यो

काठमाडौं । बजाजले आफ्नो इलेक्ट्रीक स्कुटर चेतकलाई अपडेट गरेको छ । कम्पनीले विभिन्न फिचर थप्दै चेतकको नयाँ २०२६ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले चेतकको २५, ३० र ३५ तीनै सिरिज अपडेट गरेको हो । साथै, कम्पनीले यी सिरिजहरूलाई ‘सी’ नयाँ कोडनेम दिँदै इन्ट्री लेभल, मिड रेन्ज र प्रिमियम सेग्मेन्टमा वर्गीगकरण गरेको छ ।

अब बजाजको चेतक सी २५०१ इन्ट्री लेभल, सी ३००१ मिड रेन्ज र सी ३५०१ प्रिमियम सेग्मेन्टमा पर्छ । ३५०१ मा भने अन्य ०२ र ०३ भेरियन्ट पनि छन् । यसले ग्राहकलाई छनोट गर्न सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

बजाजले चेतक स्कुटरको प्रदर्शन, चार्जिङ सिस्टम र केही फिचरहरूमा अपडेट गरेकोे छ । त्यसैले केही भेरियन्टहरूको भने मूल्य थोरै बढाइएको छ ।

नयाँ चेतक स्कुटरहरूको स्पीड र पावर बढाइएको छ । जसमा सी २५०१ को टप स्पीड ५५ किलोमिटर प्रतिघण्टाबाट बढेर ६० किलोमिटर प्रतिघण्टा, सी ३००१ र सी ३५०३ को ६३ किलोमिटर प्रतिघण्टाबाट बढेर ७० किलोमिटर प्रतिघण्टा र सी ३५०१ र ०२ को ७३ किलोमिटर प्रतिघण्टाबाट ८० किलोमिटर प्रतिघण्टासम्म युर्याइएको छ । यसका अलावा टप भेरियन्ट सी ३५०१ को मोटर आउटपुट ४.५ किलोवाटबाट बढाएर ४.८ किलोवाट बनाइएको छ ।

सी ३००१ स्कुटरको चार्जिङ समय पनि घटाइएको छ । यसलाई ०-८० प्रतिशत चार्ज गर्न ३ घण्टा ५० मिनेट समय लाग्थ्यो भने अब २ घण्टा ५५ मिनेटमात्र लाग्छ ।

फिचर अपडेटका रुपमा चेतक स्कुटरहरूमा स्ट्यान्डर्ड किसिमका इको र स्पोर्ट राइडिङ मोड, हिल होल्ड असिस्ट र टप मोडलमा ओटीए अपडेट, पुरोनो नेभिगेसनको सट्टा गुगल म्याप इन्टिग्रेशन सुविधा पाइन्छ । यस बाहेक अन्य सबै सुरक्षा र सुविधा फिचरहरू पुरानै रहेको छ ।


Back_to_top