हुण्डाईले क्रेटामा १.६ लिटर यू३ सीआरडीआई इन्जिनको प्रयोग गर्ला ?

काठमाडौं । हुण्डाई–किया मोटर्सले आफ्नो आउने तयारीमा रहेको १.६ लिटर यू३ सीआरडीआई इन्जिनको बिषयमा उठिरहेको कौतुहलतालाई सम्बोधन गरेको छ । यो इन्जिन सबैभन्दा पहिला कियाको अप्टिमा कारमा आउने छ । 

साथै अटो क्षेत्रका जानकारहरुले यो इन्जिन चाँडै हुन्डाई भरना, क्रेटा र एलेन्ट्रामा समेत आउन सक्ने जनाएका छन् । अहिले यी ३ वटै गाडीमा पुरानो १.६ लिटर यु२ सीआरडीआई इन्जिन लगाइएको छ । 

कारदेखो डटकमका अनुसार नयाँ डिजल इन्जिन युरो–६ मापदण्ड अनुसार तयार गरिएको छ । साथै किया अप्टिमामा यो इन्जिन ७ स्पिड डिउल्–क्लज अटोमेटिक गियरमा आउने सम्भावना रहेको छ । 

यस्तो छ नयाँ र पुरानो इन्जिनको फरक

 

१.२
लिटर यू२ पुरानो

१.६
लिटर यू३ नयाँ

पावर

१२८
पीएस

१३६
पीएस

टर्क

२६०
एनएम

३२०
एनएम


Back_to_top