मोदीलाई नेपालसँग भएको बुलेटप्रुफ कारमा भएन विस्वास !

काठमाडौं । चीनको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री चीन भ्रमणसकेको ११ दिनपछि नेपाल आउँदै छन् । अघिल्ला भ्रमणमा जस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा प्रयोग गर्न आफ्नै कार ल्याउने भएका छन् ।

भारतीय सेनाको विमानबाट काठमाडौं उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइसक्नेछन् । उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । 

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ । यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए ।

२०७१ साउन र मंसिरमा नेपाल भ्रमणमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए । कतारले अनुदानमा दिएको कारबाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् ।

पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ । तर, मोदीले यस पटक पनि आफैं कार ल्याउन लागेका हुन् । कान्तिपुर दैनिकबाट


Back_to_top