सुरुभयो ट्यांकरमा ‘लकिङ सिस्टम’

नेपालगन्ज । नेपाल आयल निगम मध्यपश्चिम क्षेत्रीय कार्यालय नेपालगन्जले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारी साधनमा आजदेखि ‘लकिङ सिस्टम’ शुरु गरेको छ । 

यो सिस्टम शुरु गरेपछि अब ढुवानीका क्रममा पेट्रोलियम पदार्थको चोरी बन्द हुने निगम क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक विनितकुमार उपाध्यायले बताए । 

निगमको बाँकेको राँझास्थित कार्यालयमा निमित्त कार्यकारी प्रमुख सुशील भट्टराई, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, इण्डियन आयल कर्पोरेशनका एसएम बोसलगायतको उपस्थितिमा उक्त लकिङ सिस्टम शुरु गरिएको हो । 

निगमको नेपालगन्ज कार्यालयमार्फत ११० बढी सवारी साधनले पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका छन् ।


Back_to_top