काठमाडौं । कार खरिद गर्ने उपभोक्ताले कुन बैकले कहाँ सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँछन् भनेर खोज्दै हिड्ने गरेका छन् । यसरी कुन ब्याजदरमा ऋण पाइन्छ भनेर खोज्दै हिड्नु उपभोक्ताको गल्ति हो ।
तपाईले पनि कुनै कार खरिदगर्ने प्लान बनाउनु भयो र आफ्नो पुरा वित्तीय प्लान नगरी कार खरिदगर्न डिलरकोमा जाँदै हुनुहुन्छ भने तपाईलाई तयारी नपुगेको हर्जना महंगो ब्याजमा गाडी किनेर तिर्नु पर्ने हुनसक्छ ।
यदी तपाईंको कार चोरी भयो वा बिग्रीयो भने, तपाईंको बीमाले गर्ने भुक्तानीले बाँकी ऋणको भुक्तानगर्न पर्याप्त हुने छैन ।
नेपालमा पछिल्ला दिनमा डिलरहरुले नै लोन दिएर गाडी बिक्री वितरणसमेत हुने गरेको छ । उनीहरुले ऋणको ब्याज दर गाडी खरिदकर्ताको क्षमता हेरेर तोक्न सक्छन् । हायरपर्चेज लोनका लागि अटोमोवाइल ब्यवसायीलाई कम्पनी खोल्न दिएको छ । त्यसभन्दा अघि बैंक तथा वित्तीय संस्थालेमात्रै हायरपर्चेज कर्जा दिन्थे ।
तपाइले खरिदगर्ने कारको मासिक किस्ता कति हुन्छ र तपाईले खोज्नुभएको भुक्तानी मोड कस्तो हो त्यही अनुसार निर्णयमा पुग्नुपर्ने हुन्छ ।
यदी मासिक भुक्तानीमा ध्यानदिनु भएन भने तपाईं एक खराब ऋणी बन्ने सम्भावना हुन्छ । त्यसैले सधै आफ्नो सपनाको कार किन्दा होशियारी अपनाउनुहोस् ।
लोनको लागत हेर्नुस्
अटो ऋण लिन जाँदा सबैभन्दा पहिला हेर्ने विषय भनेको वार्षिक ब्याज दर नै हो । कम्पनीहरुले बेला बखत ब्याजदरमा अफर ल्याइ रहेका हुन्छन् । त्यसमा सधै ध्यान राख्नुहोस् । यदी कम दरमा तपाईले कर्जा पाउनु भयो भने त्यसबाट दिर्घकालीन बचत गर्न सकिन्छ । आफ्नो आर्थिक अबस्था अनुसारको सवारी साधन छनोट गर्नुहोस् ।
लोनको समयावधी
अर्को विचार गर्नुपर्ने कुरा भनेको ऋणको समयावधी हो, जसले तपाईंको मासिक भुक्तानी र वित्तीय सन्तुलनमा असर पार्न सक्छ । छोटो अवधिको मतलब अधिक मासिक भुक्तानी गर्नु पर्ने हुन्छ तर, यसमा कम व्याज भुक्तानी गरे पुग्छ । जति लामो हुन्छ त्यति नै धेरै ब्याज तिर्नुपर्ने हुन्छ त्यसैले सकेसम्म ऋणको लम्बाइलाई छोटो राख्न प्रयास गर्नुपर्छ । तपाईंले छोटो अविधीको ऋण लिनुभएको छ भने त्यसले समयको मात्रासमेत कमगर्छ ।
लामो–अवधीको अटो ऋणलिएर किनेको कार तपाईंले चाँडै बेच्नु परेयो भने, तपाईंले प्राप्तगर्ने मूल्यले तपाईंको बैंकलाई तिर्नुपर्ने रकम तिर्नसमेत पुग्दैन । यदी तपाईंको कार चोरी भयो वा बिग्रीयो भने, तपाईंको बीमाले गर्ने भुक्तानीले बाँकी ऋणको भुक्तानगर्न पर्याप्त हुने छैन ।
त्यसैले कार किन्दा मूल्य, ब्याजदर र किस्ताको समयावधीमा विशेष ध्यान दिनुहोस् ।

