नेपाल चेम्बर र कतार चेम्बर वीच सम्झौंता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्स वीच कतारमा बिहीबार एक समझदारी पत्रमा हस्ताक्षर भएको  छ । 

समझदारीपत्रमा नेपाल चेम्वरकोतर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्वरकोतर्फबाट खालिड जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् ।  

दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुई देशको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । दुई देशवीचको व्यापार अभिबृद्धिमा पनि समझदारीले सहयोग गर्ने विश्वास चेम्बरले गरेको छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि व्यापार व्यवसायको सूचना आदानप्रदान, प्रतिनिधिमण्डलको आदानप्रदानले दुवै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वाससमेत गरिएको छ ।  


Back_to_top