काठमाडौं । मारुती सुजुकी सेलेरियोको नयाँ जेनेरेशनको प्रस्ट तस्विर बाहिर आएको छ । कम्पनीले टिभी विज्ञापन सुटिङ गर्ने क्रममा नयाँ जेनेरेशन सेलेरियो देखिएको हो ।
मारुती सुजुकीको हर्टटेक प्ल्याटफर्ममा पहिलो पटक तयार भएको सेलेरियो पहिलेभन्दा ठूलो साइजमा देखिएको छ । पहिलेको तुलना विल्कुलै फरक देखिएको सेलेरियोमा ट्रयाङ्गुलर सेप्ड हेडल्याम्प, फ्लाटिस ओभल ग्रिल, दुबै तर्फको हेडल्याम्पलाई जोड्न प्रयोग गरिएको क्रोम स्ट्रीप, बीचमा प्रयोग भएको सुजुकीको लोगो र फगल्याम्प यसको मुख्य एक्सटेरियर परिमार्जन हो ।
नयाँ सेलेरियोको माथिल्लो भेरियन्टमा अलोय ह्वील र तल्लो भेरियन्टमा स्टील ह्वील दिइएको अनुमान गर्न सकिन्छ । नयाँ टेलल्याम्प र सामान्य बम्पर यसको अर्को मुख्य विशेषता हो । लिफ्ट टाइप डोर ह्याण्डल, सामान्य एन्टेना जस्ता फिचर उपलब्ध यो कार बजेट ह्याचव्याकको रुपमा बजारमा आउने छ ।
नयाँ सेलेरियोमा अधिकांश फिचर नयाँ जेनेरेशन वागेन आरबाट लिइएको अनुमान गर्न सकिन्छ । यसमा १.० लिटर थ्रि सिलिण्डर र १.२ लिटर फोर सिलिण्डर इन्जिनको प्रयोग भएको अनुमान छ । यसको पावर र इन्जिन क्षमताको विषयमा कम्पनीले आधिकारीक धारणा बाहिर ल्याएको छैन ।

