विक्री सुरु भयो बीएस ६ इन्जिनमा सुजुकी एक्सेस, मूल्य २ लाख ६० हजार

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा ल्याएको छ । निषेधाज्ञा कै समयमा नेपाल आएको उक्त स्कुटरको आधिकारीक विक्री सुरु भएको हो ।

सुजकी एक्सेस स्कुटर नेपालमा सफल स्कुटरको रुपमा रहेको छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दायक यात्रा गर्न सहज हुनेछ । यो स्कुटरको अगाडि भागमा स्टिलको कभर प्रयोग भएको छ । यसले स्कुटरलाई दैनिक प्रयोग गर्न निकै उपयोगी बनाएको छ । साथै, सुजुकी स्कुटरको मर्मत खर्च पनि अन्यभन्दा कम रहेको कम्पनीको दावी छ ।

हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटर बीएस ६ मापदण्ड अनुसार तयार भएको हो । एफआई प्रविधि युक्त यो स्कुटरले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसमा रहेको इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ ।

एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधाले चालकलाई सहज बनाउँछ । सुजुकी स्टार्ट सिस्टम, किक र सेल्फ दुबै स्टार्ट, २२ लिटर क्षमताको स्टोरेज, दुबै चक्कामा अलोय ह्वील यसका प्रमुख फिचर हुन् ।

१६० एमएमको ग्राउन्ड क्लियरेन्स, पूर्ण डिजिटल क्लष्टर, विभिन्न चार कलर अप्सन यसको वलियो पक्ष हो । यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top