नयाँ लुक्स र इन्जिनमा आउँदै हिरो स्प्लेन्डर

कुनै समय नेपाली बजारमा सर्वाधिक बिक्री हुने मोटरसाकल हिरो स्प्लेन्डर नयाँ इन्जिन र नयाँ लुक्समा आउने भएको छ ।

अहिलेपनि भारतीय बजारमा सर्वाधिक बिक्री हुने हिरोको यो चर्चित मोटरसाइकल कम मूल्य, उच्च माइलेज र न्यून मर्मत खर्चको कारण बिक्रीमा पहिलो स्थानमा रहँदै आएको छ ।

अबभने कम्पनीले यसलाई नयाँ इन्जिन र लुक्समा बजारमा उतार्ने तयारी गरिरहेको छ । 

कम्पनीले नयाँ स्पेलेन्डरमा केही कस्मेटिक अपग्रेड गर्ने भएको छ । जसमा कलर र केही स्टिकरहरुमा परिवर्तन गरिने छ । साथै, रि–स्टाइल हेड ल्याम्प र टेल ल्याम्प दिने तयारी भइरहेको छ । जसले मोटरसाइकललाई फ्रेस लुक्स प्रदान गर्ने छ ।

अहिले बिक्री भइरहेको स्प्लेन्डर आई स्मार्ट ११० मा १०९ सीसी सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन दिइएको छ । ४ स्पीड गियरबक्स दिइएको इन्जिनले ९.३ बीएच पावर र ९ एर्नम टर्क जेनेरेट गर्छ । नयाँ स्प्लेन्डरमा यही नै इन्जिनलाई निरन्तरता दिने र प्रदुषण मापदण्ड बीएस ६ अनुरुप अपग्रेड गर्ने अनुमान गरिएको छ । 

अहिले प्रतिलितर ७५ किलोमिटर माइलेज दिने दाबी गरिएको स्प्लेन्डर ११० ले नयाँ मापदण्ड अनुसारको इन्जिनमा आउँदा अझ केही बढि माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।

नयाँ आउने मोटरसाइकल भारतीय बजारमा ५ देखि ८ हजार रुपैयाँ महंगो हुने अनुमान गरिएको छ । यसरी हेर्दा नयाँ स्प्लेन्डरको मूल्य नेपालमा २० देखि २५ हजार रुपैयाँसम्म महंगो पर्न आउने छ ।


Back_to_top