काठमाडौं । ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच मंगलबार १९ गते एक सम्झौता भएको छ। सम्झौता अनुसार राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहकवर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवा लिनसकिने जनाइएको छ ।
निर्माण क्षेत्रमा न्यू होलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली मन जित्न सफल भएको दाबी विज्ञप्तीमा गरिएको छ। सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई विक्री पश्चातको सेवा दिंदै आएको छ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

