काठमाडौं । भारतीय बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन आज सार्वजनिक हुँदैछ । क्रेटामा उपभोक्ताले विभिन्न विशेषता सहित शक्तिशाली इन्जिनमा पाउँछन् । यसका साथै हुन्डाई क्रेटाको लुक्स पनि निक्कै आकर्षक रहेको छ ।
क्रेटा पहिलो पटक २०१५ मा सार्वजनिक भएको हो । २०१८ मा महिन्द्राको स्कोर्पियो, रेनो क्याप्चर, डस्टर र निसानको टेरानो परिमाजित मोडलमा आएका र आउने भएकाले एसयुभी बजारमा निक्कै प्रतिस्पर्धा हुने देखिन्छ । हुन्डाईले क्रेटा फेसलिफ्ट पनि प्रतिस्पर्धाबाट आफ्नो बजार हिस्सा कामय राख्न ल्याएको हो ।
क्रेटा फेसलिफ्टले मुख्यतः मारुती सुजुकी ग्रान्ड भिटारा र रेनोको आउँदै गरेको नयाँ एसयुभी सँग प्रतिस्पर्धा गर्ने छ । हुन्डाईले नयाँ मोडल आगामी अक्टोबरदेखि मात्र बजारमा उपलब्ध गराउने छ ।
हुन्डाईले क्रेटा फेसलिफ्टमा विभिन्न परिमार्जन तथा नयाँ विशेषता थप गरेको छ । एसएक्स (ओ) भेरियन्ट म्यानुअल भर्सनमा मात्र उपलब्ध हुने छ ।
सुरक्षाका लागि यो कारमा ६ वटा एयरब्याग रहने छन् । पेट्रोल भर्सनमा १.६ लिटर र डिजेल भर्सनमा १.४ लिटर र १.६ लिटर इन्जिनमा उपलब्ध हुनेछ ।
नयाँ फेसलिफ्टको मूल्य कम्पनीले औपचारिक रुपमा सार्वजनिक गर्दा मात्र उल्लेख गर्ने बताएको छ ।

