नयाँ किया सेल्टोसको बुकिङ ५० हजार नाग्यो, यस्ता छन् विशेष फिचर

काठमाडौं । कोरियन निर्माताले आफ्नो सफल मोडल किया सेल्टोसको फेसलिफ्ट मोडल दुई महिना अगाडि सार्वजनिक गरेको थियो । कम्पनीले भारतमा सार्वजनिक गरेको दुई महिना भित्रै नयाँ सेल्टोसको बुकिङ ५० हजार यूनिट पुरा भएको हो ।

निकै प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध किया सेल्टोसले उत्कृष्ट कमव्याक देखाएको हो । यसअघि पहिलो पटक २०१९ मा सेल्टोस बजारमा आएको थियो । प्रिमियम लुक्स, एड्भान्स टेक्नोलोजी र डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध रहेको कारण यसलाई धेरै भारतीयले मनपराएका छन् ।

कोरियन कम्पनी किया मोटर्सले भारतमा उत्पादन गरेको पहिलो मोडल सेल्टोस फेसलिफ्ट आएसँगै प्रत्येक दिन औषतमा ८०६ यूनिट बुकिङ भइरहेको कम्पनीले जनाएको छ । किया सेल्टोस बुकिङ गर्ने ७७ प्रतिशतले टप भेरियन्ट बुकिङ गरिरहेको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडास) रहेको सेल्टासको अत्याधुनिक फिचरका कारण धेरै ग्राहक आकर्षित भएको देखिन्छ । ४७ प्रतिशत बुकिङ एडास फिचर भएको भेरियन्टमा रहेको उल्लेख छ ।

त्यस्तै भारतीय बजारमा बढ्दो बातावरणिय प्रदुषणको समस्याका बाबजुत ४० प्रतिशत ग्राहकको रोजाईमा डिजेल इन्जिन भएको सेल्टोस परेको देखिन्छ । डिजेल इन्जिन बिक्री हुनुमा यसको फ्यूल इफिसीयन्सीलाई मुख्य कारण मानिएको छ ।

सुरुवातबाट अहिलेसम्म किया सेल्टोस ४ लाख युनिट भारतमा र १ लाख ४७ हजार यूनिट विश्वका विभिन्न १०० देशमा निर्यात भएको बताइन्छ ।
सन् २०२३ को जुलाई २१ मा लन्च भएको नयाँ किया सेल्टोसमा रिफ्रेस डिजाइन, पावरफुल पफर्मेन्स, मस्कुलर एक्सटेरियर, फ्यूचरिस्टीक क्याविन, ३२ थरी फिचर भएको एड्भान्स टेक्नोलोजी, १५ वटा सेफ्टी फिचर तथा १७ वटा फिचर भएको एडास लेवल २ पाउन सकिन्छ ।

ड्यूल स्कृन, ड्यूलजोन अटोमेटीक एयर कन्डिसन, ड्यूल प्यानल सनरुफ जस्ता क्लास लिडिङ फिचर नयाँ सेल्टोसमा पाउन सकिन्छ । त्यसैकारण ग्राहकको रोजाइमा यो पर्न सफल भएको हो ।


Back_to_top