१८ दिनपछि आउने भयो ‘थर्ड जेनेरेसन डस्टर’

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी रेनोको थर्ड जेनेरेसन डस्टर एसयूभी दुईसाता पछि सार्वजनिक गर्ने भएको छ ।कम्पनीले अल न्यू रेनो डस्टर भारतीय बजारमा आगामी मार्च १७ मा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

नयाँ डस्टर भारतमा शोरूमहरूमा प्रदर्शन र टेस्ट ड्राइभका लागि पुगिसकेको छ । यसको डेलिभरी अप्रिल २०२६ देखि सुरू हुनेछ।

कम्पनीले डस्टरको स्पेशल एडिसन गत जनवरी २६ मा सार्वजनिक गरेको थियो । रेनोले नयाँ डस्टर ल्याउँदै मिड साइज एसयूभी सेग्मेन्टमा पुनरागमन गर्ने भएको हो । डस्टर रेनोल्टका लागि महत्वपूर्ण मोडेल हो । जसबाट रेनोले भारतीय बजारमा पुनः सर्वाधिक बिक्री हुने सवारीहरूको सूचीमा फर्किने अपेक्षा गरेको छ।

२०२६ डस्टरले अन्तर्राष्ट्रिय मोडेलको समग्र डिजाइन जोगाउँदै केही लोकल परिमार्जन गरेको छ । यसको अगाडिको भागमा आँखीभौं शैलीका डीआरएल, लोगो बिना ‘डस्टर’ लेखिएको ठूला ग्रिल, सिल्भर बम्पर र पिक्सेल आकारका फग ल्याम्पहरू राखिएको छ ।

साइडमा कालो बडी क्ल्याडिङ, सी पिलरमा पछाडिका ढोकाका ह्याण्डल, ५० केजी भार वहन क्षमतायुक्त रूफ रेल, १८ इन्चको अलोय ह्वील र २१२ एमएको ग्राउण्ड क्लियरेन्स छ ।

पछाडि जोडिएको एलईडी लाइट बार, रूफ-माउन्टेड स्पोइलर र सिल्भर एक्सेन्टसहितको कालो बम्परले आक्रामक रूप दिन्छ। यसको एप्रोच र डिपार्चर एंगल क्रमशः २६.९ डिग्री र ३४.७ डिग्री छन्।

यसको इन्टेरियरमा पूर्ण रूपमा रि डिजाइन गरिएको ड्यासबोर्ड, डुअल स्क्रीन सेटअप, सफ्ट टच मेटेरियल्स, सिल्भर सजावट समावेश छ । तर मुख्य कार्यहरूका लागि फिजिकल बटन यथावत राखिएका छन्। यसमा स्लाइडिङ अगाडिको आर्मरेस्ट र कप-होल्डरसहितको पछाडिको आर्मरेस्ट पनि छ ।

यसमा १०.१ इन्च टचस्क्रीन (वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहित), १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, डुअल-जोन क्लाइमेट कन्ट्रोल, पावर टेलगेट र भेन्टिलेटेड सिट छन् ।

सुरक्षाका लागि ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, अगाडि-पछाडि पार्किङ सेन्सर, टायर प्रेशर मनिटरिङ सिस्टम इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारवटा पाँग्रामा डिस्क ब्रेक र लेभल २ एडास फिचर छन् ।

नयाँ रेनो डस्टर दुई वटा टर्बो-पेट्रोल इन्जिन र एक शक्तिशाली हाइब्रिड पेट्रोल पावरट्रेन विकल्पसहित उपलब्ध हुनेछ। यसमा सानो काइगरबाट लिइएको १.० लिटर र १.३ लिटरको टर्बो पेट्रोल इन्जिन विकल्प उपलब्ध छ । जसले क्रमशः १०० हर्षपावर र १६३ हर्षपावर शक्ति प्रदान गर्छ । दुवै इन्जिनसँग ६ स्पीडको म्यानुअल गियर बक्स छ । ठूलो इन्जिनसँग ६ स्पीडको ड्युअल क्लच ट्रान्समिसन उपलब्ध छ ।

त्यस्तै, हाइब्रिड मोडलमा १.८ लिटरको स्ट्रोङ हाइब्रिड पेट्रोल इन्जिन र ४९ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले संयुक्त रुपमा १६० हर्षपावर शत्तिः दिन्छ ।

रेनोल्ट डस्टरको मूल्य करिब १० लाखदेखि २० लाख भारतीय रुपैयाँसम्म हुने अपेक्षा गरिएको छ । यसले हुन्डाई क्रेटा, टाटा सिएरा, किया सेल्टोस, स्कोडा कुशाक र होण्डा एलिभेट जस्ता मिड साइज एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।


Back_to_top