काठमाडौंमा देखियो ‘नेक्स्ट जेनेरेशन’ फोर्ड एभरेष्ट, कति पर्ला मूल्य ?

काठमाडौं । अमेरिकी अटोमोवाइल ब्राण्ड फोर्डले थाइल्याण्डमा उत्पादन गरेको नेक्सट जेनेरेशन एभरेन्ट नेपाल आएको छ । नयाँ एभरेष्ट जिओ फोर्डले आधिकारीक विक्री सुरु गर्न भने नेपाल ल्याएको होइन ।

दुतावासले ड्यूटी फ्रिमा नेपाल ल्याएको नेक्स्ट जेनेरेशन एभरेष्टको आधिकारीक विक्री सुरु हुन भने अझै केही महिना लाग्ने जिओ फोर्डले जानकारी दिएको छ । नेक्स्ट जेनेरेशन फोर्ड एभरेष्टको अनुमानित मूल्य २ करोड ६० लाख रुपैयाँ पर्ने अनुमान कम्पनीले गरेको छ ।

विश्व बजारमा सन् २००३ बाट विक्री सुरु भएको फोर्ड एभरेस्टको अहिले थर्ड जेनेरेशन मोडल बजारमा आएको हो । निकै आकर्षक डिजाइन र फिचर लोडेड पावरफुल एसयूभी एभरेष्ट थाइल्याण्डमा उत्पादन भएको हो ।

नेपाल आएको फोर्ड एभरेष्टमा कुन इन्जिन छ भन्ने विषयमा जानकारी आएको छैन । तर, थाइल्याण्डमा यसलाई दुई इन्जिन अप्सन किन्न पाइन्छ । यसमा २.० लिटर, ४ सिलिण्डर टुइन टर्बो डिजेल र ३.० लिटर टर्बो डिजल भी६ पावर इन्जिन छ ।

यसमा दिइएको २.० लिटर वाइटर्बो इन्जिनले २०६ हर्सपावर र ५०० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । त्यसैगरी ३.० लिटरको सिंगल टर्बो इन्जिनले २४७ हर्सपावर र ६०० न्यूटन मिटर टर्क प्रदान गर्नेछ । यो दुबै इन्जिनसँग १० स्पीडको अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।


Back_to_top