काठमाडौं । केटीएम मोटरसाइकलले आरसी ३९० को नयाँ जेनेरेशन मोडल ल्याउने तयारी थालेको छ । कम्पनीले २०२७ मोडल आरसी ३९० लाई ट्वीन सिलिण्डर इन्जिन प्लेटफर्ममा ल्याउने तयारी थालेको हो ।
बीएमडब्लू एफ ४५० र अप्रिलिया ४५७ जस्ता मोटरसाइकल ट्वीन सिलिण्डरमा आएसँगै केटीएमले पनि ३९० लाईनअपलाई ट्वीन सिलिण्डरमा ल्याउने तयारी थालेको हो ।
अहिले कम्पनीले आरसी ३९० लाई ट्वीन सिलिण्डरमा ल्याउने तयारी थालेको र अन्य मोडल ड्युक ३९० र एड्भेन्चर ३९० मोडलमा समेत ट्वीन सिलिण्डर ल्याउने छ ।
बजाज अटो प्रो बाइकिङ डिभिजन हेड मनिक नांगियाले कम्पनीले ३९० सीसी को अपडेटको बारेमा खुलासा गरेका हुन् । केटीएम सुपर कप सिजन ३ को फाइनलमा उनले २०२७ मोडल केटीएम आरसी ३९० को बारेमा बताएका हुन् ।
उनले आरसीको डिजाइनमा समेत परिर्वतन हुने संकेत गरेको छन् । जसमा नयाँ एलएडी हेडल्याम्प सेटअपका साथै विंगलेट्स समावेश हुनेछ ।

