टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाईन स्पेसल

टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाईन डे को विशेष कार्यक्रम मनाएकाे छ । यस ‘भ्यालेन्टाईन स्पेसल-अ नाईट टु रिमेम्बर’ कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडी खरिद गरेका ग्राहकहरुको लागि ‘नाईट आउट विद नेक्सन’ थिममा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आफ्नो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रम स्थलमा ग्राहकहरूले स-परिवार चढेर आएकोे टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो । गत फेब्रुअरी १४ मा भएको उक्त कार्यक्रममा प्रख्यात गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुको बेजोड प्रस्तुतिसँगै अन्य थुप्रै मनोरञ्जनात्मक प्रस्तुतिको साथ ‘भ्यालेन्टाईन स्पेसल-अ नाईट टु रिमेम्बर’ मनाइएको थियो ।


Back_to_top