निशान मोटर्सले नयाँ इलेक्ट्रीक सेडान कारको कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक सेडानलाई चलिरहेको मोटर शो २०१९ मा सार्वजनिक गरेको हो ।
इन्टेलीजेन्ट मोविलिटी (आईएम) कन्सेप्ट आगामी समयमा निकै रुचाइने अनुमान गरिरहेको समयमा निशानले अर्को कन्सेप्ट कार सार्वजनिक गरेको हो ।
इलेक्ट्रीक सेडानको रुपमा आउन लागेको यस गाडीमा कम्पनीले २२ इन्च आलुमिनियम अलोय ह्वील दिएको छ । आकर्षक डिजाइन गरिएको कारको फ्रन्ट र रियरमा ड्यूल इलेक्ट्रीक मोटर दिइएको छ ।
यो कार निकै पावरफूल रहेको कम्पनीले दाबी गरेको छ । यसमा प्रयोग गरिएको इलेक्ट्रीक मोटरले ४८३ एचपी पावर र ८०० एनएम–टर्क जेनेरेट गर्ने क्षमता राख्छ । यसमा दिइएको ब्याट्रीको अधिकतम् क्षमता ११५ किलोवाट प्रतिघन्टा रहेको छ भने सिङ्गल चार्जमा यसले ६१२ किलोमिटरको रेन्ज प्रदान गर्छ ।
‘इभोलूएटेड स्पोर्टस् सेडान’को रुपमा निशानले यसमा एड्जस्टेवल एयर सस्पेन्सन दिएको छ । ड्राइभिङको लागि यसमा अटोनोमस मोड पनि दिइएको छ ।
यसको केविनमा डार्क फेब्रिक सिट राखिएको छ भने ड्यासबोर्डमा गोल्डेन ग्रेनिस दिइएको छ । यसकासाथै, कम्पनीले यस सेडानमा मल्टीपल डिजिटल स्क्रिन राखिएको छ ।
यसमा दिइएको भी–मोसन फ्रन्ट ग्रीलमा एड्भान्स डिजाइन दिइएको छ भने भी–मोसन ग्रिलसँगै इन्टीग्रेटेड हेडल्याम्प दिइएको छ ।

