६ महिनामा नै निसान म्याग्नाइटको मूल्य २ लाखले बढ्यो

काठमाडौं । पुष २ गतेबाट नेपालमा विक्री सुरु भएको निसान म्याग्नाइटको मूल्य लगातार बढी रहेको छ । गाडीको बजारमा माग उच्च रहेसँगै यसको मूल्यपनि निरन्तर उकालो लागेको हो ।

कम्पनी स्रोतका अनुसार निसान म्याग्नाइट नेपालमा विक्री सुरु भएको ६ महिनामा नै ७ सय यूनिट हाराहारी विक्री भएको छ । ग्राहकले मन पराएसँगै गाडीको मूल्यपनि करिब ५५ हजारदेखि २ लाख ५ हजारसम्मले वृद्धि भएको छ ।

पायोनियर मोटोकर्पले म्याग्नाइट एक्सई वेस भेरियन्ट २९ लाख ४४ हजारमा विक्री सुरु गरेको थियो । अहिले यो भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ भएको छ । यो भेरियन्टमा ५५ हजार मूल्य बढेको छ ।

म्याग्नाइट एक्सएल मिड भेरियन्टको मूल्य अहिले ३३ लाख २५ हजार बनाएको छ । छ महिना अघि यसको मूल्य ३१ लाख ९३ हजार थियो । यसमा १ लाख ३२ हजार मूल्य बढिसकेको छ ।

एक्सभी अपर भेरियन्ट सुरुमा ३४ लाख ९३ हजारमा विक्री सुरु गरेको थियो । अहिले यो भेरियन्टको मूल्य ३६ लाख २५ हजार बनाएको छ । यसमा पनि कम्पनीले १ लाख ३२ हजार मूल्य बढाएको छ ।

एक्सभी अपर ड्यूल टोन भेरियन्टको सुरुवाती दिनमा ३५ लाख २५ हजार मूल्यमा विक्री भएको थियो । यसको अहिले ३६ लाख ५५ हजार बनाइएको छ । यसमा कम्पनीले १ लाख ३० हजार मूल्य वृद्धि गरिसकेको छ ।

म्याग्नाइटको एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल टोनको विक्री सुरु हुने समयमा मूल्य क्रमशः ३७ लाख ९३ हजार र ३८ लाख ४२ हजार रुपैयाँ रहेको थियो । अहिले यी दुबै मोडलको मूल्य क्रमशः ३९ लाख ५९ हजार र ३९ लाख ६९ हजार बनाएको छ । कम्पनीले एक्सभी प्रिमियम मोनोमा १ लाख ६६ हजार र एक्सभी प्रिमियम ड्यूल टोनमा १ लाख २७ हजारले मूल्य वृद्धि गरेको हो । माथि उल्लेख भएका सबै भेरियन्ट १.० लिटर नेचुरल एस्पायर्ड इन्जिन भएका हुन् ।

टर्बो इन्जिन भएको म्याग्नाइटको मूल्य कम्पनीले २ लाख ५ हजारसम्मले वृद्धि गरेको छ । कम्पनीले एक्सएल, एक्सभी अपर मोनो, एक्सभी अपर ड्यूल टोन भेरियन्टमा २ लाख ५ हजार र एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूलमा १ लाख ९५ हजारले मूल्य बढाएको हो ।

सुरुमा एक्सएलको मूल्य ३६ लाख ४४ हजार कायम गरेर विक्री सुरु भएको थियो भने अहिले यसको मूल्य ३८ लाख ४९ हजार बनाइएको छ ।

एक्सभी अपर मोनोको मूल्य पहिला ३९ लाख ४४ हजार रहेकोमा अहिले ४१ लाख ४९ हजार भएको छ भने एक्सभी अपर ड्यूल टोन भेरियन्टको मूल्य ३९ लाख ७४ हजारबाट बढेर ४१ लाख ७९ हजार भएको छ ।

त्यसैगरी एक्सभी प्रिमियमको ६ महिनाअघि ४२ लाख ४४ हजार थियो । अहिले बढेर ४४ लाख ४३ हजार भएको छ भने सबैभन्दा टप भेरियन्ट एक्सभी प्रिमियम ड्यूल टोन भेरियन्टको मूल्य ४२ लाख ७४ हजारबाट बढेर ४४ लाख ६९ हजार भएको छ ।

 


Back_to_top