काठमाडौं । जापानी अटोमोबाइल निर्माता निसान माेटर्सले भारतमा उत्पादन गरेको सबकम्प्याक्ट एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ ।
निसान म्याग्नाइट हाल एशियन र दक्षिण अफ्रिकन मुलक निर्याता हुन थालेको हो । हाल यो कार दक्षिण अफ्रिका, इन्डोनेसिया, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा निर्यात हुन्छ ।

निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने सबकम्प्याक्ट एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । त्यसैगरी एक वर्षकै अवधिमा यसले महत्वपूर्ण सफलता हासिल गरेको छ ।
तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । सोपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका थिए भने ६ हजार ३४४ अन्य देशमा निर्यात गरिएको छ ।
निसान ‘नेक्स्ट’ ट्रान्सफरमेसन अन्तर्गत लन्च गरिएको निसान म्याग्नाइट पहिलो ग्लोबल प्रोडक्ट थियो । यसले व्यवसाय र ग्राहकलाई लक्ष्यित गरी हाई–डिमान्ड प्रोडक्टमा कम्पनीको ध्यान केन्द्रीत गर्ने नीतिलाई भित्र्याएको थियो ।

लन्चिङ पश्चात् चेन्नाई प्लान्टबाट ४२ हजारभन्दा बढी म्याग्नाइट उत्पादन भएका छन् । कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धी हासिल गर्नु निसानका लागि महत्वपूर्ण छ । यही उपलब्धिका लागि निसान इन्डिया अप्रेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको छ ।
भारत लगायतका विश्वका विभिन्न क्षेत्रका लागि म्याग्नाइट एक फरक क्षमताको कार भएको निसानका अध्यक्ष गुइलम कार्टियरले बताए । यसको इन्जिनीयरिङ, बलियोपना र विशेषज्ञताका कारण आगामी दिनमा विश्वका धेरै बजारले यसको अनुभव लिन सक्ने कुराले उत्साहित बनाएको उनको भनाइ छ । यो निसानको इनोभेटिभ एप्रोचको एक उदाहरण भएको उनको भनाइ छ ।
निसान मोटर इन्डियाका अध्यक्ष सिनान ओज्ककले निसानको ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराकोे सही प्रतिबिम्ब निसान म्याग्नाइट भएको र ‘बिग, बोल्ड, ब्युटिफुल’ म्याग्नाइटलाई विश्वका १५ बजारमा उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताए । यसले उच्च डिजाइन, पर्फमेन्स र भ्याल्युलाई विश्वभर प्रदर्शन गर्न सफल भएको उनको भनाइ छ ।
निसान म्याग्नाइटले बीबीसी टप गियर इन्डिया, कार एन्ड बाइक तथा अटोकार इन्डिया लगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेको छ । त्यसैगरी हालै यो ‘द रेस मंकी कार अफ द इयर २०२१’ समेत नामांकित भएको छ ।

रेनो निसान अटोमोटिभ प्रालिका म्यानेजिङ डाइरेक्टर तथा चिफ एक्जिक्युटिभ अफिसर बिजु बलेन्द्रनले भने, ‘लन्च गरेको एक वर्षमै निसान म्याग्नाइट विक्री हुने देशको संख्या बढ्दै जानु म्याग्नाइट कार र हाम्रो इन्डिया टिम दुवैका लागि ठूलो उपलब्धी हो ।’
निसान मोटर इन्डिया प्रालिले निसान मोटर कम्पनी लिमिटेड, जापानको शतप्रतिशत सहायक कम्पनीको रूपमा कार्य गरिरहेको छ । सन् २००५ मा स्थापना भएको कम्पनीले भारतमा ह्याचब्याक, एसयूभी र सेडान सेगमेन्टका अभिनव र रोमान्चक उत्पादनहरु उपलब्ध गराइरहेको छ । ग्लोबल एलाइन्स पार्टनर रेनोसँगको सहकार्यमा निसानले चेन्नाईमा म्यानुफ्याक्चरिङ प्लान्ट तथा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ । निसान अन्तर्गत भारतमा दुई ब्रान्ड निसान र ड्याटसन उपलब्ध छन् ।


