निसानको नयाँ स्पोर्ट्स ईभी कारको कन्सेप्ट सार्वजनिक

काठमाडौं । जापनीज अटोमोबाइल कम्पनी निसान मोटरको नयाँ स्पोर्ट्स कारको कन्सेप्ट सार्वजनिक भएको छ । कम्पनीले फेब्रुअरी २ बिहीबार यसलाई देखाएको हो ।

निसानले देखाएकाे कार डिसेम्बर २०२१ मा फर्मको आधिकारिक युटुब च्यानलमा पूर्वावलोकन गरिएको म्याक्स-आउट डिजाइनको फिजिकल भर्सन हुने अनुमान गरिएको छ । यो कन्सेप्ट कार इलेक्ट्रीक हुने कम्पनीले जनाएको छ ।

कम्पनीले देखाउने यस नयाँ स्पोर्ट्स ईभी कारमा सोलिड स्टेट ब्याट्री टेक्नोलोजी प्रयोग हुने सम्भावना रहकाे छ । यसमा प्रयोग भएको ब्याट्रीले निसान आरियाको लिथियम आयन प्याकमा रहेको १३० किलोवाट क्षमता चार्जको तीन गुणा बढी इनर्जी दिनेछ ।

यो ईभीमा रहेको स्टेबिलिटी फिचर र ड्राइभिङ कम्फर्टका हिसाबले यसमा निकै रोचक ड्राइभिङ अनुभव लिन सकिने जनाइएको छ ।


Back_to_top