भाडामा यात्रु बोक्ने दुई पाङ्ग्रेको लागि कानुन बनाउने, सरकारले विजुली गाडी मात्रै किन्ने

सांकेतिक तस्विर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत राइडिङ एण्ड सेयरिङ कम्पनीले दिदै आएको सेवा कानुन निर्माण गरी संचालन गर्ने घोषणा गरे ।

विगत ९ वर्षदेखि कानुनले चिन्दै नचिनेको सेवा प्रदान गदै आएका राइडिङ एण्ड सेयरिङ कम्पनीलाई कानुनी दायरमा ल्याई संचालन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा समेटिएको हो ।

त्यसैगरी सरकारले किन्ने सवारीसाधन अब विद्युतीय मात्रै हुने र सहरी क्षेत्रको सार्वजनिक यातायात विद्युतीय बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा परेको छ ।

ठूला राजमार्ग निर्माण, पूर्वपश्चिम राजमार्गको विस्तारलाई निरन्तर, सिग्नेचर पूलको निर्माणलाई निरन्तरता दिने र व्यापक गर्ने नीति सरकारले लिएको छ ।


Back_to_top