काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य बढाएको बढाएको छ ।
निगमले शनिबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ बढाएकोे हो ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५६.५० रुपैयाँ, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४०. ५० रुपैयाँ, दोस्रो वर्गमा १४२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिक तर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २२ अमेरिकी डलर घटाएको हो ।

