अब्सट्याकल च्यालेन्ज २०२६ सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको अब्सट्याकल च्यालेन्ज २०२६ सम्पन्न भएको छ । स्टन्ट बम्प्स नेपाल र हाम्रो डिजिटल एजेन्सीको संयुक्त आयोजनामा उक्त च्यालेन्ज आयोजना भएको हो ।

कम्पनीले आयोजना गरेको च्यालेन्ज स्पीड, स्कील र ब्यालेन्समा आधारित वान ट्रयाक, वान च्याम्पियन थिमम तयार पारिएको ट्रयाकमा १० अब्सट्याकल भएको टेक्निकल ट्रयाक तयार पारिएको थियो ।

ट्रयाकमा रेस गर्नुभन्दा पहिला २ दिनसम्म प्राक्ट्रीक्स सेसन दिइएको थियो । सिंगल ओपन क्याटागोरिमा आयोजना गरिएको यो च्यालेन्जनमा १०० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलले सहभागीता जनाएको थिए । यसमा डर्ट मोटरसाइकलले भाग लिन नपाउने व्यवस्था गरिएको थियो ।

उतm च्यालेन्जमा पुरुषतर्फ रन्जित तामाङले पहिलो भएका थिए । त्यस्तै, विशाल तामाङ दोस्रो र निमेश जंग ठकुरीले तेस्रो स्थान हासिल गरे । विजेताहरूले क्रमशः ५० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ भने सितल गिरी पहिलो, रुबी सिंह राजपुत दोस्रो र अभिक्क्षा बजगाईँ तेस्रो भइन् ।


Back_to_top