‘नयाँ सेवाग्राहीले २४ घण्टामै लाइसेन्स पाउने’

काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अब नयाँ सेवाग्राहीलाई २४ घण्टामै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने बताएका छन् ।

उनले संचार तथा सूचना प्रविधि मन्त्रालयको फेसबुक पेजमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले लाइसेन्सका लागि नयाँ आवेदन दिएकाहरूको हकमा यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टा भित्रै सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छापेर उपलब्ध गराउने बताएका छन् ।

उनले हाल छाप्न बाँकी करिब २९ लाख लाइसेन्स आगामी असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने बताएका छन् ।

‘नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदनका हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्र छपाई गरी उपलब्ध गराउनेछ । साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ साल असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइनेछ,’ फेसबुक पोष्टमा भनिएको छ ।


Back_to_top