मंसिर १५ र २४ गते जोर-बिजोर प्रणाली लागू हुने

काठमाडौं । ट्राफिक प्रहरीले चक्रपथ भित्र दुई दिन जोर–विजोर प्रणाली लागू गर्ने भएको छ। 

मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै जोर विजोर प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ। 

ट्राफिक प्रहरीका अनुसार १५ गते बिजोर र २४ गते जोर नम्वर प्लेटका सवारीसाधन मात्र चल्ने छन् । 

जसअनुसार साग उद्घाटनको दिन १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। त्यस्तै हर्नको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।


Back_to_top