स्याङ्योङको नयाँ मुसो पिकअप सार्वजनिक, नयाँ अफर पनि आयो

काठमाडौं । नाडा अटो शोमा स्याङ्योङले ‘माइन्ड बोलोइङ’ अफर ल्याएको छ । साथै स्याङ्योङको आधिकारीक बिक्रेता आईएमएस मोटरले अटो शोमा नयाँ पिकअप मुसो समेत सार्वजनिक गरेको छ । 

आईएमएस मोटर्सले स्याङ्योङका रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभी, एक्सन स्पोर्ट र मुसो पिकअपको बिक्री वितरण गर्दै आएको छ । 

‘माइन्ड बोलोइङ’ अफर अन्तर्गत स्याङ्योङले आफ्नो ग्राहकलाई भर्खरै बजारमा आएको सामसङ ग्यालेक्सी नोट १० दिने भएको छ । साथै एक्स्चेन्ज गर्न चाहनेलाई एक्स्चेन्ज अफर, उचित मूल्य, एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टि, मासिक सरल किस्ता, २५ हजारसम्मको एसोसरीज दिने जनाएको छ । 

नाडामा सार्वजनिक भएको मुसो पिकअपको सुरुवाति मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको छ । 


Back_to_top